२० रुपैयाँ दरका ३१ करोड नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पायो
मङ्गलबार, ०२ फागुन २०७९, १२ : ०४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीलाई प्रदान गरेको छ । बैंकले एमएस चाइना बैंक नोट प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशनलाई सो जिम्मा दिएको हो ।
२० रुपैयाँ दरका ३१ करोड अर्थात् ३१० मिलियन गोटा नयाँ नोट छपाइका लागि गरिएको अन्तर्राष्ट्रिय टेन्डरमा न्यून दररेट प्रस्ताव गर्ने एमएस कम्पनी छनोटमा परेको हो ।
सोमबार एक पत्र लेख्दै केन्द्रीय बैंकले एमएस कम्पनीलाई नोट छपाइको जिम्मा दिइएको जानकारी गराएको छ ।
प्रस्ताव अनुसार कम्पनीले ६१ करोड ८ लाख २९ हजार रुपैयाँ (४,६९८,६८५ अमेरिकी डलर) मा उक्त नोट छपाइदेखि ढुवानी गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण