माओवादीले किन गठन गरेन पोलिटब्युरो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्षसहित २२ पदाधिकारी गठन गरिसकेको छ । यस्तै स्थायी समिति ४४ जना, केन्द्रीय समिति ३८६ जना र वैकल्पिक केन्द्रीय सदस्य २०२ जना राखेर सर्कुलर जारी गरिसक्यो । तर, पार्टीको महत्वपूर्ण निकाय पोलिटब्युरो भने अझै गठन गरिएको छैन ।
गत असारमा बसेको केन्द्रीय समिति बैठकमा १२५ जना पोलिटब्युरो बनाउने प्रस्ताव गरिएको थियो । पोलिटब्युरो सदस्यमा को–कोलाई राख्ने भनेर नाम समेत प्रस्ताव गरियो । तर, पोलिटब्युरो सदस्यमा कतिपयले नाम छुटेको भन्दै आपत्ति जनाएपछि अर्को बैठक थप्ने भन्दै सकियो । तर, पछि बसेको पदाधिकारी बैठक, स्थायी समिति बैठकले पोलिटब्युरो गठन नगरी सर्कुलर जारी गर्यो । पार्टीको महाधिवेशन सकिएको १ वर्ष नाघ्दा समेत पोलिटब्युरो गठन हुन सकेको छैन ।
पार्टीमा पोलिटब्युरो किन गठन गरिएन भन्ने प्रश्नमा महासचिव देव गुरुङले समय र आवश्यकता अनुसार गठन गरिने बताए । ‘यदि पोलिटब्युरो गठन भयो भने सबैलाई थाहा भइहाल्छ । विधानमा खारेज गरिएको छैन । त्यसैले खारेज भन्न मिल्दैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘अब आवश्यकता अनुसार गठन गर्छौँ त्यसपछि सबैलाई जानकारी हुन्छ ।’
तर, पार्टी सचिव गणेश शाहले पोलिटब्युरोमा बस्न चाहने नेताको सङ्ख्या धेरै भएपछि गठन गर्न नसकिएको बताए । अब बस्ने केन्द्रीय समिति बैठक सकिएपछि पोलिटब्युरो गठन हुन सक्ने शाहले दाबी गरे । ‘पोलिटब्युरो सदस्यमा को कोलाई राख्ने भनेर गृह कार्य गरिएको थियो । पोलिटब्युरोमा बस्न चाहनेको सङ्ख्या धेरै भयो । फाइनल हुन सकेन’ शाहले भने, ‘तर, पोलिटब्युरो खारेज भएको छैन । गृह कार्य गरेर टुङ्गो लाग्छ । अबको ३ महिनाभित्र गठन हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा
-
एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न– सङ्घीय निर्वाचन क्षेत्रमा २१ करोड रूपैयाँका योजनाको चर्चा के हो ?
-
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य