बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

४० कटेका विद्यार्थीलाई अखिलमा नटाँसिन ढकालको सुझाव

मङ्गलबार, ०२ फागुन २०७९, १४ : ३९
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले विरोधको राजनीतिले मात्रै कसैको पनि जीविका निर्वाह नहुने बताएका छन् । 

काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई शुभकामना मन्तव्य दिँदै नेता ढकालले समृद्धि नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्ष पुरा गर्न विरोधको राजनीति गर्न छाड्नुपर्ने बताए । 

‘समृद्ध नेपाल सुखी नेपालीको सपना विरोधको राजनीतिले मात्रै पुरा हुँदैन र विरोधले मात्र अव हाम्रो जीविका निर्वाह हुँदैन भन्ने कुरामा प्रस्ट हुन जरुरी छ’, पूर्व विद्यार्थी नेता समेत रहेका ढकालको भनाइ छ । 

नेता ढकालले नेपालको राजनीतिमा अनेरास्ववियुको भूमिका ऐतिहासिक रहेको भन्दै अनेरास्ववियु अझै रचनात्मक ढंगले अघि बढ्नुपर्ने बताए ।

 ‘अनेरास्ववियु लामो विरासत थामेर आयो । विद्यार्थीले विद्यार्थी राजनीति गर्नुपर्छ । योग्य र सक्षमलाई पार्टीका काममा लगाउनुपर्छ’, ढकालले भने, ‘विद्यार्थीहरूलाई नै अनेरास्ववियुको नेता बनाउन सकियोस् ।’ 

उनले ४० कटेका विद्यार्थीहरूलाई अझै विद्यार्थी राजनीति गर्ने आकांक्षा छोडेर पार्टी राजनीतिमा आउन आग्रह गरे ।

‘४० को हाराहारीमा पुगेका साथीहरू अव अखिलमा रहन्छु भनेर मरिमेट्नेभन्दा म एमाले पार्टीको नेतृत्व गर्छु भन्ने हिम्मतका साथ मैदानमा आउनुभयो भने पार्टी नेतृत्व पनि खुसी हुन्छ’, ढकालले भने, ‘जो साथीहरू बसौँ कि छोडौँ जस्तो हुनुभएको छ, अहिले तपाईँलाई नछोडौनछोडौ लाग्न सक्छ । तर तपाई जहिले अनेरास्ववियु छोडेर पार्टी काममा लाग्नुहुन्छ । त्यसवेला पार्टीमा आउन ढिला गरेछु, पार्टीले चाहेर पनि अवसर दिन पाएन भन्ने लाग्छ सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप