कप्तान रोहितको अर्धशतक पूरा
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ५०
काठमाडौं । रोहित कुमार पौड्यलले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध अर्धशतक बनाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका छन् ।
उनले ४७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ५० रन पूरा गरे । यो उनको एकदिवसीयमा छैटौं अर्धशतक हो ।
उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने खेलाडीको कीर्तिमानी नजिक छन् ।
यसअघि नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए । कुशल र रोहित अहिले त्रिजमा छन् ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
(यसअघि फोटो अन्यथा परेकाले सच्चाइएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण