सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महासङ्घद्वारा टर्कीका भूकम्प पीडितको सहयोगार्थ राहत सामग्री हस्तान्तरण

मङ्गलबार, ०२ फागुन २०७९, १८ : ०१
मङ्गलबार, ०२ फागुन २०७९

मित्र राष्ट्र टर्कीमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि  नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपिङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् । सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।

महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप