महासङ्घद्वारा टर्कीका भूकम्प पीडितको सहयोगार्थ राहत सामग्री हस्तान्तरण
मित्र राष्ट्र टर्कीमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित जनताहरूको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
महासङ्घले प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघकातर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तरगतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।
महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपिङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट आदि रहेका छन् । सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालको समेत सहयोग रहेको छ ।
महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण