भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ०१
काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गराउनको लागि अध्यक्षमण्डलको घोषणा गरिएको छ ।
पूर्वअध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको हो ।
अध्यक्ष मण्डलको सदस्यहरूमा यसअघिका अध्यक्षहरू सदस्य रहेका छन् । जसमा, विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल रहेका छन् ।
अध्यक्षमण्डलले अनेरास्ववियुको महाधिवेशन सम्पन्न नहुँदासम्म बन्दशत्र सञ्चालन गर्नेछ ।
अहिले अध्यक्षमण्डलको बैठक बसिरहेको छ । उक्त बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ । र निर्वाचन आयोगलाई निर्वाचनका लागि निर्देशन दिनेछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : रसुवाबाट बरामद भएको सुन ७ केजी ६५३ ग्राम पुष्टि
-
अपडेट : गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु
-
लुम्बिनीमा राजश्व सङ्कलन सम्बन्धी विधेयक पारित
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा