शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ

बुधबार, ०३ फागुन २०७९, १० : ३५
बुधबार, ०३ फागुन २०७९

जुम्ला । जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो । 

चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार  रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप