तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार, ०३ फागुन २०७९, ११ : ३०
काठमाडौँ । अघिल्लो दिन तोलामा २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार थप २ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा झरेको छ ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको स्थिरतालाई तोड्दै आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण