राप्ती नगरपालिकामा जनतासँग मेयर कार्यक्रम

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले जनतासँग मेयर कार्यक्रम सुरूआत गरेको छ । नगरवासीका गुनासा र समस्या सुन्दै प्रभावकारी काम कार्यान्वयनका लागि सो कार्यक्रम थालिएको नगरपालिकाले जनाएको छ । राप्तीका १३ वटै वडामा छुट्टाछुट्टै कार्यक्रम गरी स्थानीयवासीका गुनासा, समस्या सङ्कलन गर्दै समाधानको काम गर्ने गरी कार्यक्रम सुरू गरिएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए । कतिपय नगरवासी वडा, नगरसम्म पुग्न र आफ्नो समस्या राख्न नसक्ने रहेको जनाउँदै उनले उनीहरुका गुनासा, समस्या सुन्दै योजनाबद्ध रुपमा काम गर्ने नगरको लक्ष्यका साथ कार्यक्रम थालिएको जानकारी दिए ।
राप्ती –३ को प्रतापपुरबाट सो कार्यक्रमको सुरूआत गरिएको छ । कार्यक्रममा वडावासीले रासायनिक मल र फोहर व्यवस्थापनमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका थिए । स्थानीय मित्र पोखरेल, ज्ञानबहादुर राई, एकराज खरेल, भरत अर्याल लगायतले मलको समस्या समाधानको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने, फोहरको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने, धानको बीउ सहज उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
प्रमुख लामाले रासायनिक मलको समस्या राष्ट्रिय समस्या भएकाले स्थानीय सरकारले जिम्मा लिन नसकिने तर कम्पोष्ट मल उत्पादन गर्ने बताए । त्यसका लागि उनले वैशाख सम्ममा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । वडाध्यक्ष शिवकान्त ओलीले आफू स्वयम् नगरको फोहर व्यवस्थापन समितिको संयोजक रहेकाले समग्र नगरको फोहर व्यवस्थापनको काम सुरू गरिएको बताए । स्थानीय समाजसेवी नवराज पाठकले चुनावी घोषणापत्रअनुसार काम गर्न सुझाव दिए ।
नगरमा कोही पनि खान, बस्न, लाउनबाट वञ्चित हुनुनपर्ने बताउँदै प्रमुख लामाले विपन्नका लागि यो वर्ष एक सय घर बनाउन लक्ष्य रहेको बताए । खाध्यन्न अभावका कारण भोकै भएको जानकारी प्राप्त हुना साथ समस्या समाधान गरिएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
-
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
नीति तथा कार्यक्रममा परिणाम न दृष्टिकोण, केबल भाषण : सांसद शाही
-
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको आरोप
-
नक्कली नोट सहित एक जना पक्राउ