बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाउन्सरको कुटपिटले दर्शक गम्भीर घाइते

बुधबार, ०३ फागुन २०७९, १३ : ०१
बुधबार, ०३ फागुन २०७९

बुटवल । बुटवलको एक क्लबका ग्राहकमाथि बाउन्सर लगाएर कुटपिट भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरमा रहेको बुटवल लड क्लबमा कलाकारको रमाइलो हेर्न पुगेका २ जना ग्राहकलाई बाउन्सरले कुटपिट गरेर गम्भीर घाइते बनाएका हुन् ।

गुल्मीको मुसिकोट गाउँपालिका वडा नम्बर ४ बडागाउँका २७ वर्षीय विनोद गुरुङ र सोही गाउँपालिका वडा नम्बर ७ बस्ने हिमाल भट्टराईलाई बुटवल लड क्लबका बाउन्सर देवदह नगरपालिका वडा नम्बर १० बस्ने सागर पुन, विपिन पुनलगायतले खुकुरी तथा रड प्रहार गरी घाइते बनाएको आरोप लागेको छ । 

घटनामा गम्भीर घाइते भएका गुरुङको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । गुरुङको टाउको नाक तथा शरीरमा विभिन्न ठाउँमा चोट लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालले भैरहवाका मेडिकल कलेजमा रिफर गरेको हो ।

गुरुङले क्लबका बाउन्सरहरुले खुकुरी तथा रड प्रहार गरेर कुटिपिट गर्दै आफूहरूले सुनको सिक्री, ब्रासलेट र मोबाइल समेत लुटेर लगेको आरोप लगाएका छन् । उनले आफूहरूमाथि हतियार प्रयोग गरेर ज्यान मार्न खोजिएपनि क्लबमा रहेका अन्य दर्शकहरूले रोक्दा  बाँचिएको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दान बहादुर थापाले  घाइतेहरू प्रहरीकहाँ निवेदन लिएर आएको बताउँदै  घटनाको  अनुसन्धान सुरु गरेको रातोपाटीलाई बताए ।  

फागुन ६ गते अध्यावधिक गरिएको- यसैबीच बुटवल लड क्लबका अध्यक्ष आशिस  थापाले  भने घटना  सडकमा भएको र घटना भएको दिन  क्लबमा पीडित भनिएकाहरु कोही  पनि नआएको दाबी गरे । आफ्नो सिसिटिभी फुटेज हेर्दा उनीहरुलाई नदेखिएको थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप