बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भौतिकमन्त्री श्रेष्ठले गरे २० जना प्राविधिक कर्मचारीको सरुवा (सूचीसहित)

बुधबार, ०३ फागुन २०७९, १६ : २२
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २१ जना कर्मचारीको सरुवा गरेको छ। सरुवा गरिएका अधिकांश नेपाल ईन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समुहको हाईवे उपसमुहका प्रथम श्रेणीका कर्मचारी छन् ।

सरुवा सूची अनुसार नेपाल ईन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समुहको हाईवे उपसमुहका प्रथम श्रेणीका अर्जुन जंग थापा भौतिक पूर्वाधार मन्त्रालयमा र सोही समुहका सुशिलबाबु थापा सडक विभागको महानिर्देशकमा सरुवा भएका छन् । त्यसैगरी अजय कुमार मुल गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशकमा, विनोद कुमार मौवार जलमार्ग आयोजनाको आयोजना समन्वयकर्तामा, अर्जुन प्रसाद अर्याल संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंमा, ज्ञानेन्द्र कुमार झा सडक सुधार तथा विकास आयोजना निर्देशनालयको आयोजना निर्देशकमा, राजेन्द्र प्रसाद दास सुर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको आयोजना निर्देशकमा, अरुण कुमार कटुवाल यान्त्रिक तालिम केन्द्र ललितपुरको तालिम प्रमुखमा, रामहरी पोखरेल सडक विभाग अन्तर्गतको योजना तथा अनुगमन महाशाखामा, उमेश विन्दु श्रेष्ठ एडिबी आयोजना निर्देशनालयको निर्देशकमा सरुवा भएका छन् । त्यस्तै डा. विजय केसी सडक विभागको विकास सहायक कार्यान्वयन महाशाखामा, प्रभात कुमार झा सडक विभागको सम्भार महाशाखा सरुवा भएका छन् ।

नेपाल ईन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समुहको हाईवे उपसमुहका प्रथम श्रेणीका नविनमान श्रेष्ठ नागढुंगा सुरुङ मार्ग आयोजनाको निर्देशकमा, पूर्वकुमार राई सडक तथा ट्राफिक सुरक्षा आयोजनाको समन्वयकर्तामा, चुडाराज ढकाल हुलाकी राजमार्ग आयोजना निर्देशनालयमा, भिमार्जुन अधिकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, नेपाल ईन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समुहको हाईवे उपसमुहका द्वितीय श्रेणीका धर्मेन्द्र कुमार झा मन्त्रालयमै र रविन्द्रलाल दास सडक विभाग अन्तर्गतको पूल आयोजनामा सरुवा भएका छन् ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव प्रसाद नेपालले मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको जानकारी दिए।

सरुवा सूची हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप