स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र
जुम्ला । जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका तिला गाउँपालिका–३ कुडारीमा १० शय्याको अस्पताल अलपत्र परेको छ । उक्त अस्पताल निर्माणको लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । २०७९ माघमा निर्माण सक्ने सम्झौता भएपनि अलपत्र अवस्थामा रहेको छ ।
तिला गाउँपालिका जुम्लाका सब इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । समयमा बजेट नआउँदा काम रोकिएको उनले बताए ।
यस्तै कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल पनि शिलान्यासमै सीमित रहेको छ । उक्त अस्पताल बनाउन सरकारले १८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण