स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

जुम्ला । जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका तिला गाउँपालिका–३ कुडारीमा १० शय्याको अस्पताल अलपत्र परेको छ । उक्त अस्पताल निर्माणको लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । २०७९ माघमा निर्माण सक्ने सम्झौता भएपनि अलपत्र अवस्थामा रहेको छ ।
तिला गाउँपालिका जुम्लाका सब इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । समयमा बजेट नआउँदा काम रोकिएको उनले बताए ।
यस्तै कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल पनि शिलान्यासमै सीमित रहेको छ । उक्त अस्पताल बनाउन सरकारले १८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण