जुम्लामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते
बुधबार, ०३ फागुन २०७९, २१ : ०२

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पातारासी-२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेको स्थानीय भक्तबहादुर बुढाले जनाए ।
यस्तै घाइते हुनेमा पातारासी-३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीय सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीय मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका छन् ।
जुम्लाको सदरमुकामबाट लासी बजार जाने क्रममा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए ।
कर्णाली प्रदेश ००२००१त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
जेठ महिनाका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?
-
राजीनामा पत्र सार्वजनिक भएको २४ घण्टासम्म पार्टी र सभामुखलाई औपचारिक जानकारी छैन
-
नेपाली चेलीलाई दिल्ली पुर्याउन खोज्ने युवक पक्राउ
-
नटिङ्घम फरेष्टका नाइजेरियन स्ट्राइकर कोमामा
-
६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)