सावित्रा चम्कँदा भारतसँग नेपालको बराबरी
काठमाडौं । सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पुनरागमन गर्दै बराबरी खेलेको छ ।
बुधबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा २–० गोलले पछि परेको समयमा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गर्दै बराबरीमा रोकेकी हुन् ।
भारतका लागि सोउमाया गुगुलोथ र इन्दुमती काथिरेसानले एक–एक गोल गरिन् ।
नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरिन् । खेलको ५६औं मिनेटमा मनिसाको पासमा गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ६८औं मिनेटमा कप्तान इन्दुमतीले गोल गर्दै टिमलाई २–० अग्रतासँगै जित नजिक लिइन् ।
नेपलका लागि खेलको ९०औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गरेपनि भारतले २–१ गोलको जित निकाल्यो ।
खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–२ गोलको बराबरीमा रोकेको हो ।
नेपालले साफ च्याम्पियनसिप फुटबल पछि पहिलो पटक भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोल अन्तरले हराएको थियो ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण