आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

सावित्रा चम्कँदा भारतसँग नेपालको बराबरी

बुधबार, ०३ फागुन २०७९, २१ : ५०
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । सावित्रा भण्डारीले दुई गोल गर्दा नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पुनरागमन गर्दै बराबरी खेलेको छ ।  

बुधबार भएको खेलमा नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो । चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा २–० गोलले पछि परेको समयमा नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गर्दै बराबरीमा रोकेकी हुन् ।

भारतका लागि सोउमाया गुगुलोथ र इन्दुमती काथिरेसानले एक–एक गोल गरिन् । 

नेपालका लागि सावित्रा भण्डारीले दुई गोल गरिन् । खेलको ५६औं मिनेटमा मनिसाको पासमा गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । 

खेलको ६८औं मिनेटमा कप्तान इन्दुमतीले गोल गर्दै टिमलाई २–० अग्रतासँगै जित नजिक लिइन् । 

नेपलका लागि खेलको ९०औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी मार्फत गोल गरेपनि भारतले २–१ गोलको जित निकाल्यो । 

खेलको इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–२ गोलको बराबरीमा रोकेको हो । 

नेपालले साफ च्याम्पियनसिप फुटबल पछि पहिलो पटक भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफमा नेपालले दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोल अन्तरले हराएको थियो ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप