घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
बिहीबार, ०४ फागुन २०७९, १० : ५१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ छ । हिजो बुधवार यसको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ थियो । यसै गरी, आज चाँदीको मूल्य पनि घटेको छ ।
महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम छ । हिजो बुधवार चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण