आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक सिंहले किन भेटे अख्तियार प्रमुख ?

बिहीबार, ०४ फागुन २०७९, १६ : ४६
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसँग भेट गरेका छन् ।

अख्तियार स्रोतका अनुसार सिंहले बिहीबार ४ बजेर १६ मिनेटमा टंगालमा गएर राईसँग भेटघाट गरेका हुन् ।

आईजीपी सिंह चैत १० मा अवकाशमा जाँदै छन् । तर, उनी ३० वर्षे सेवा अवधि अटाएर आफ्नो पदावधि लम्ब्याउन लागिपरेका छन् । आयोगले प्रहरीले खरिद गरेको भिड नियन्त्रणका सामग्रीबारे अनुसन्धान गरिरहेको छ । 

केही दिनअघि अख्तियारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत फाँटवाला अधिकृतहरूलाई बोलाएर बयान लिएको थियो ।

आईजीपी सिंहलाई पनि बयानमा बोलाउने तयारी भइरहेको बेला अख्तियार प्रमुखसँग उनले किन भेटे भन्नेबारे प्रश्न उठेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप