प्रहरी महानिरीक्षक सिंहले किन भेटे अख्तियार प्रमुख ?
बिहीबार, ०४ फागुन २०७९, १६ : ४६
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसँग भेट गरेका छन् ।
अख्तियार स्रोतका अनुसार सिंहले बिहीबार ४ बजेर १६ मिनेटमा टंगालमा गएर राईसँग भेटघाट गरेका हुन् ।
आईजीपी सिंह चैत १० मा अवकाशमा जाँदै छन् । तर, उनी ३० वर्षे सेवा अवधि अटाएर आफ्नो पदावधि लम्ब्याउन लागिपरेका छन् । आयोगले प्रहरीले खरिद गरेको भिड नियन्त्रणका सामग्रीबारे अनुसन्धान गरिरहेको छ ।
केही दिनअघि अख्तियारले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत फाँटवाला अधिकृतहरूलाई बोलाएर बयान लिएको थियो ।
आईजीपी सिंहलाई पनि बयानमा बोलाउने तयारी भइरहेको बेला अख्तियार प्रमुखसँग उनले किन भेटे भन्नेबारे प्रश्न उठेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण