शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्षमा हारेपछि लामिछानेले भने : तिम्रो निचतालाई धिक्कार

शुक्रबार, ०५ फागुन २०७९, ०७ : ५७
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौं ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु(को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन् ।


बिहिवार राति भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिक बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सीमित भए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप