बार्सिलोना र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
शुक्रबार, ०५ फागुन २०७९, ०८ : ००
युरोपा लिगअन्तर्गत नकआउट चरणको पहिलो लिगमा बार्सिलोना र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्। बिहीबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोना र युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफमा भने खेल रोमाञ्चक बनेको थियो । ५०औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए तर युनाइटेडका मार्कुस रासफोर्डले ५२औं मिनेटमा गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए।
तर, खेलको ५९औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाइटेड २–१ ले अघि रह्यो भने ७६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएर बराबर बनाए ।
दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा, युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण