युक्रेनका राष्ट्रपतिले भने, ‘शान्तिका लागि रुसलाई जमिन दिन स्वीकार्य छैन’
शुक्रबार, ०५ फागुन २०७९, ११ : २०
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग सम्भावित शान्ति सम्झौतामा आफ्नो जमिन दिनका लागि तयार नभएको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले यसो भनेका हुन् ।
रुस र युक्रेनबीचको युद्ध आगामी २४ फेब्रुअरीमा एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेतासँग भेट्न लन्डन पुगेका थिए ।
यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा उनले रुसलाई जमिन दिनु खतरनाक भएको बताए । उनले भने, ‘रुसलाई एक पटक जमिन दिइयो भने ऊ पछि पनि यसरी नै आइरहनेछ जबकि पश्चिमी हतियारले शान्तिलाई हाम्रो निकै नजिक ल्याउनेछ ।’
उनले भने, ‘ रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ ।’
हतियारको बारे उनले भने, ‘हो, अवश्य पनि । आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियार मात्र एक भाषा हो जुन रुसले बुझ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण