बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका राष्ट्रपतिले भने, ‘शान्तिका लागि रुसलाई जमिन दिन स्वीकार्य छैन’

शुक्रबार, ०५ फागुन २०७९, ११ : २०
शुक्रबार, ०५ फागुन २०७९

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँग सम्भावित शान्ति सम्झौतामा आफ्नो जमिन दिनका लागि तयार नभएको बताएका छन् । बीबीसीसँगको कुराकानीमा उनले यसो भनेका हुन् । 

रुस र युक्रेनबीचको युद्ध आगामी २४ फेब्रुअरीमा एक वर्ष पूरा हुनेछ । यसअघि उनी बेलायती नेतासँग भेट्न लन्डन पुगेका थिए । 

यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तरवार्तामा उनले रुसलाई जमिन दिनु खतरनाक भएको बताए ।  उनले भने, ‘रुसलाई एक पटक जमिन दिइयो भने ऊ पछि पनि यसरी नै आइरहनेछ जबकि पश्चिमी हतियारले शान्तिलाई हाम्रो निकै नजिक ल्याउनेछ ।’

उनले भने, ‘ रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ ।’

हतियारको बारे उनले भने, ‘हो, अवश्य पनि । आधुनिक हतियारहरूले शान्तिको प्रक्रियालाई गति दिन्छ, किनभने हतियार मात्र एक भाषा हो जुन रुसले बुझ्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप