राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुँदैनौँ : महरा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस नहुने बताएका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा माओवादीले साझा व्यक्तिको खोजी गरी रहेको महराले बताए ।
‘हाम्रो पार्टीको धारणा राष्ट्रपतिमा साझा व्यक्तिको अडानबाट टसमस हुनुहुँदैन भन्ने हो। सबैको सहमतिमा राष्ट्रिय सहमति कायम हुनुपर्छ’ महराले भने, ‘प्रधानमन्त्रीको जसरी विश्वासको मत लिने क्रममा राष्ट्रिय सहमति भयो राष्ट्रपतिमा पनि सबैको सहमति खोजेका छौँ ।’ प्रधानमन्त्रीमा सबैले विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार भए जस्तै राष्ट्रपतिमा समेत निरन्तरता दिन खोजेको महराले बताए ।
गत पुस १० गतेको सहमतिका विषयमा आफूहरूलाई थाहा नभएको महराले बताए । राष्ट्रपतिको उम्मेदवारी दर्ता फागुन १३ गतेका लागि तोकिएको छ । तर, सत्ता साझेदार दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण