शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनले भने, ‘चिनियाँ बेलुन खसालेकोमा कुनै पछुतो छैन, छिट्टै सी जिनपिङसँग कुरा गर्नेछु’

शुक्रबार, ०५ फागुन २०७९, १२ : ००
शुक्रबार, ०५ फागुन २०७९

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चिनियाँ बेलुन खसाल्ने विषयमा कुरा गर्ने बताएका छन् ।

फेब्रुअरी ४ मा अमेरिकी वायुसेनाको लडाकु विमानले अमेरिकी राज्य साउथ क्यारोलाइना चिनियाँ बेलुनलाई निशाना बनाएको थियो । त्यसपछि यसलाई अमेरिकी अधिकारीहरूले उच्च प्रविधियुक्त चिनियाँ जासुस बेलुनको नाम दिएका थिए ।

यद्यपि चीनले कुनै पनि प्रकारको जासुसीको आरोपलाई अस्वीकार गरेको थियो र यो बेलुन मौसमसम्बन्धी जानकारी सङ्कलन गर्न छोडेको बताएको थियो, जुन बाटो बिराएर अमेरिकी हवाई क्षेत्रतर्फ गएको जानकारी दियो ।

यो कुरा बाहिर आएपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पनि आफ्नो पूर्व निर्धारित चीन भ्रमण रद्द गरेका थिए ।

त्यसपछि अमेरिकी वायुसेनाले हावामा देखिएका थप तीन मानवरहित वस्तुहरूलाई निशाना बनायो । यीमध्ये एउटा अलास्का नजिक, एउटा क्यानडाको उत्तर पश्चिममा र एउटा अमेरिका–क्यानडा सीमा नजिक खसालिएको थियो । 

तर, अमेरिकी सरकारले यी तीन चिजलाई जासुसीसँग सम्बन्धित भनी वर्णन गरेको छैन ।

यस विषयमा बाइडेनले भनेका छन्, ‘म चाँडै राष्ट्रपति सी जिनपिङसँग कुरा गर्न सक्छु । हामी मुद्दाको फेदमा पुग्छौँ ।’ फेब्रुअरी ४ पछि आकाशबाट खसालिएका तीन वटा कुरा अनुसन्धान आदिसँग सम्बन्धित हुन सक्ने उनले बताए ।

यससँगै उनले आफू नयाँ शीतयुद्ध नचाहेको बताए । तर उनले यो बेलुनलाई निशाना बनाएर माफी मागेका छैनन् ।

‘हामी सधैँ अमेरिकी जनताको हितको रक्षा र उनीहरूको सुरक्षाका लागि कदम चाल्नेछौँ,’ उनले भने । बाइडेन प्रशासन र उनको पार्टीले यस विषयमा ढिलो गरी निर्णय गरेको भन्दै  आलोचनाको सामना गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप