बाइडेनले भने, ‘चिनियाँ बेलुन खसालेकोमा कुनै पछुतो छैन, छिट्टै सी जिनपिङसँग कुरा गर्नेछु’
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चिनियाँ बेलुन खसाल्ने विषयमा कुरा गर्ने बताएका छन् ।
फेब्रुअरी ४ मा अमेरिकी वायुसेनाको लडाकु विमानले अमेरिकी राज्य साउथ क्यारोलाइना चिनियाँ बेलुनलाई निशाना बनाएको थियो । त्यसपछि यसलाई अमेरिकी अधिकारीहरूले उच्च प्रविधियुक्त चिनियाँ जासुस बेलुनको नाम दिएका थिए ।
यद्यपि चीनले कुनै पनि प्रकारको जासुसीको आरोपलाई अस्वीकार गरेको थियो र यो बेलुन मौसमसम्बन्धी जानकारी सङ्कलन गर्न छोडेको बताएको थियो, जुन बाटो बिराएर अमेरिकी हवाई क्षेत्रतर्फ गएको जानकारी दियो ।
यो कुरा बाहिर आएपछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पनि आफ्नो पूर्व निर्धारित चीन भ्रमण रद्द गरेका थिए ।
त्यसपछि अमेरिकी वायुसेनाले हावामा देखिएका थप तीन मानवरहित वस्तुहरूलाई निशाना बनायो । यीमध्ये एउटा अलास्का नजिक, एउटा क्यानडाको उत्तर पश्चिममा र एउटा अमेरिका–क्यानडा सीमा नजिक खसालिएको थियो ।
After the incursion by China’s high-altitude balloon, we enhanced radar to pick up slower objects.
— President Biden (@POTUS) February 17, 2023
By doing so, we tracked three objects posing hazards to air traffic. I gave orders to take them down.
These objects were likely tied to recreation or research – not surveillance.
तर, अमेरिकी सरकारले यी तीन चिजलाई जासुसीसँग सम्बन्धित भनी वर्णन गरेको छैन ।
यस विषयमा बाइडेनले भनेका छन्, ‘म चाँडै राष्ट्रपति सी जिनपिङसँग कुरा गर्न सक्छु । हामी मुद्दाको फेदमा पुग्छौँ ।’ फेब्रुअरी ४ पछि आकाशबाट खसालिएका तीन वटा कुरा अनुसन्धान आदिसँग सम्बन्धित हुन सक्ने उनले बताए ।
यससँगै उनले आफू नयाँ शीतयुद्ध नचाहेको बताए । तर उनले यो बेलुनलाई निशाना बनाएर माफी मागेका छैनन् ।
‘हामी सधैँ अमेरिकी जनताको हितको रक्षा र उनीहरूको सुरक्षाका लागि कदम चाल्नेछौँ,’ उनले भने । बाइडेन प्रशासन र उनको पार्टीले यस विषयमा ढिलो गरी निर्णय गरेको भन्दै आलोचनाको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण