भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्नेविरुद्ध अख्तियारले मुद्दा चलायो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ । सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो । तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए ।
विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । यस्तै रत्न प्रसाद आचार्यले रु ८५,००० घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिएको भन्दै सोही बराबरको बिगो मागदाबी गरेर शुक्रबार मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण