सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अख्तियारको एक्सन

भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्नेविरुद्ध अख्तियारले मुद्दा चलायो

शुक्रबार, ०५ फागुन २०७९, १७ : १७
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ ।  सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार सिन्धुपाल्चोकस्थित जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरुलाई साक्षीका रुपमा अदालतमा पेश गरिएको थियो । तर, इन्जिनियर भोगेन्द्र प्रसाद साहसमेतको मुद्दामा घुसवापतको रकम दिएको भनिएका बद्री  समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्न प्रसाद आचार्यले बयान फेरेका थिए । 

विशेष अदालत समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले  समुन्द्र र चिरञ्जिवीविरुद्ध २९ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।  यस्तै रत्न प्रसाद आचार्यले रु ८५,००० घुस रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको देखिएको भन्दै सोही बराबरको बिगो मागदाबी गरेर शुक्रबार मुद्दा दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप