आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषका लागि गर्भ निरोधक चक्की : शारीरिक सम्बन्ध राख्नुअघि खानुपर्ने, प्रभाव ३ घण्टासम्म रहने

शुक्रबार, ०५ फागुन २०७९, १३ : ०७
शुक्रबार, ०५ फागुन २०७९

अहिलेसम्म अनिच्छुक गर्भ रोक्ने दबाब महिलामा नै छ । यस उद्देश्यका लागि स्थायी बन्ध्याकरण पछि महिलाहरू गर्भ निरोधक चक्कीमा सबैभन्दा बढी निर्भर छन् । अमेरिकी मेडिकल एजेन्सी ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ को हालैको अनुसन्धान अनुसार अब पुरुषका लागि गर्भ निरोधक औषधि बनेको छ । यो औषधि सेवन गरेपछि यौन सम्पर्क गरेपछि पनि महिला गर्भवती हुँदैनन् ।

यी चक्कीहरू कहिले बजारमा आउँछन्, कसरी काम गर्नेछन् र यसको कुनै साइड इफेक्ट होला ? आज यी प्रश्नको जवाफ खोजौँ ।

भारतको म्याक्स अस्पतालका निर्देशक, युरोलोजी डाक्टर शैलेष सहाय र डाक्टर स्त्रीरोग विशेषज्ञ रोमिका कपुरले यसबारे एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् । 

प्रश्न : गर्भ निरोधक चक्की  के हुन् ?

उत्तर : गर्भ रोक्न प्रयोग गरिने विधिलाई गर्भ निरोधक भनिन्छ । यसका लागि प्रयोग गरिने औषधिलाई गर्भ निरोधक चक्की भनिन्छ ।

गर्भ रोक्नका लागि धेरैजसो चार तरिका प्रयोग हुने गर्छन् 

ब्यारियर कन्ट्रासेप्टिभ मेथड

यसमा गर्भ रोक्नका लागि महिला वा पुरुष कन्डम प्रयोग गर्ने गरिन्छ । 

मेडिसिनल कन्ट्रासेप्सन

यसलाई हर्मोनल कन्ट्रासेप्सन पनि भनिन्छ । यसमा कन्ट्रासेप्टिभ पिल्स प्रयोग हुन्छ ।

इन्ट्रायुटरिन कन्ट्रासेप्टिव डिभाइस

यसमा पाठेघर भित्र केही उपकरण प्रयोग गरिन्छ । 

सर्जिकल कन्ट्रासेप्सन

यसमा शल्यक्रियामार्फत स्थायी बन्ध्याकरण गरिन्छ । 

प्रश्न : पुरुषका लागि गर्भ निरोधक चक्की बजारमा कहिले उपलब्ध हुन्छ ?

उत्तर : अनुसन्धान अहिले सफल भएको छ । तपाईँले भन्न सक्नुहुन्छ कि यो अनुसन्धानको पहिलो चरण हो । त्यसैले यो विश्व बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन । यो पहिले अमेरिकी बजारमा उपलब्ध हुन्छ वा सबै देशमा एकैसाथ लन्च गर्ने भन्ने पनि अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रश्न : के यी चक्कीहरू महिला गर्भ निरोधक चक्कीहरू भन्दा फरक छन् ?

उत्तर : महिलाहरूले सेवन गर्ने चक्कीहरूले उनीहरूको हर्मोनलाई असर गर्छ । अमेरिकामा गरिएको यस अनुसन्धानमा पुरुषको गर्भ निरोधक चक्कीले त्यस्तो कुनै असर नपर्ने दाबी गरिएको छ । यसलाई नन हार्मोनल कन्ट्रासेप्टिभ पिल्स नाम दिइएको छ । अर्थात्, यसको प्रयोगले पुरुषको टेस्टोस्टेरोन कम हुने तर नष्ट हुने छैन ।

प्रश्न : यदि यी चक्कीहरू बजारमा आए भने, तिनीहरूले कसरी काम गर्नेछन् ?

उत्तर : यी चक्की खाएपछि पुरुषको शुक्रकीटलाई महिलाको अण्डातर्फ जानबाट रोक्न सकिन्छ । वा यसरी बुझ्नुहोस् कि त्यो अवस्थालाई परिपक्व हुनबाट रोक्न सकिन्छ, जसले गर्दा अण्डा निषेचित हुन्छ र भ्रूणको रूप लिन्छ ।

अनुसन्धानमा यस्तो दाबी गरिएको छ

गर्भावस्थामा शुक्रकीटको भूमिका यो हो कि, यो तैरिएर फिमेल रिप्रोडक्टिभ ट्र्याक (महिला प्रजनन पथ) सम्म पुग्छ । यस कार्यलाई सफल बनाउन एडिनाइल साइक्लेज (एसएसी) नामक इन्जाइमको मुख्य भूमिका हुन्छ । यी चक्की खाएपछि यो इन्जाइम अवरुद्ध हुन्छ ।

प्रश्न : पुरुष गर्भ निरोधक चक्की किन चाहियो ?

उत्तर : अनुसन्धानकर्ता तामार जेकबसन भन्छन् –

– यी चक्कीहरू कन्डम र भ्यासेक्टोमी भन्दा पुरुष गर्भनिरोधका लागि उत्तम विकल्प हुन् ।

– यिनीहरूको प्रयोगले पुरुष र महिला दुवैका लागि परिवार नियोजनका विकल्पहरू बढाउनेछ र अनावश्यक गर्भावस्था रोक्न मद्दत गर्नेछ ।

– पुरुषहरू अहिलेसम्म परिवार नियोजनमा सक्रिय थिएनन्, उनीहरू यो विकल्प पछि थप सक्रिय हुन सक्छन् ।

प्रश्न : चक्की खानुको सही समय के हो ?

उत्तर : यो चक्की यौन सम्पर्क गर्नुभन्दा केही समय अगाडि खानुपर्छ । पुरुषको शरीरमा एउटा प्रोटिन हुन्छ जसले शुक्रकीटलाई चलायमान राख्छ  । यो चक्कीले केही समयको लागि त्यो प्रोटिनलाई नष्ट गरिदिन्छ, जसका कारण शुक्रकीट चल्न सक्दैन । यसले फर्टिलाइजेसन हुँदैन । 

पुरुषको गर्भ निरोधकमा यसअघि नै भइसकेको छ अनुसन्धान

– एउटा कम्पनीले वासिङ्टन विश्वविद्यालयमा ह्युमन ट्रायल गरेको छ । यसको प्रिन्सिपल अहिलेको चक्कीको प्रिन्सिपल भन्दा फरक छ । एउटा यस्तो पोलिमर मटरियल बनाइएको छ जसलाई पुरुषको शुक्राणु ट्रान्सफर गर्ने नलीमा इन्जेक्ट गरिन्छ । त्यसपछि यो नलीमार्फत शुक्रकीट पुरुषको यौनाङ्गसम्म पुग्दैन । यसले कुनै हर्मोनल परिवर्तन हुँदैन । 

– अनुसन्धानकर्ताहरूले एउटा जेल पनि बनाएका थिए । जसलाई काँध, कम्मर र पिठ्यूँमा रगड्न सकिन्छ । यो जेल प्रोजेस्टेरोनबाट बनेको हुन्छ । यसले मुड बिगार्ने र डिप्रेसनमा समस्या निम्त्याएको थियो किनभने प्रोजेस्टेरोन महिला हर्मोन हो, त्यसैले समस्या त हुने नै थियो । जेल अहिले पनि छ तर प्रयोग भने गरिँदैन । 

– यसबाहेक, वैज्ञानिकहरूले यो बुझिरहेका छन् कि पुरुषहरू हर्मोनमा कुनै परिवर्तन चाहँदैनन् । यसैले अन्वेषकहरूले नन सर्जिकल भ्यासेक्टोमी गर्न सक्ने विधि बनाउन काम गरिरहेका छन् । यसले शुक्राणुको प्रवाहलाई रोक्न सक्छ ।

– ११बेटा एमएनटिडिसी नामक चक्की बनाइएको थियो । यसले शुक्राणु उत्पादनको मात्रा घटाउँछ । यसमा पनि केही समस्याहरू थिए । त्यसै गरी, शुक्राणुको चलायमानलाई रोक्नको लागि एसएसी पनि बनाइएको थियो ।

प्रश्न : यो चक्की आपातकालीन हो वा सामान्य ?

उत्तर : होइन, यो आपातकालीन चक्की होइन ।

प्रश्न : के यसले महिलाहरूका लागि गर्भ निरोधक चक्की जस्तै साइड इफेक्ट पनि गर्छ ?

उत्तर : अहँ, यसको कुनै साइड इफेक्ट हुनेछैन । यो हर्मोन आधारित चक्की नभएको कारण यस्तो भनिएको हो ।

प्रश्न : यी चक्कीहरूको प्रभाव कहिलेसम्म रहन्छ ?

उत्तर : औषधि सेवन गरेको ३० देखि ४० मिनेटपछि प्रभाव देखिन थाल्छ । यसको पूर्ण प्रभाव साढे दुईदेखि तीन घण्टासम्म रहनेछ । केही शुक्राणुहरू तीन घण्टा पछि गतिशीलतामा फर्कन्छन् । २४ घण्टापछि शुक्रकीट आफ्नो सामान्य अवस्थामा फर्कन्छन् ।

जाँदा जाँदै

– अगस्ट १८, १९६० मा अमेरिकाले पहिलो पटक महिलाका लागि गर्भ निरोधक चक्की बनाएको थियो ।

– विश्वको पहिलो गर्भ निरोधक चक्कीको नाम इनोभिड थियो । यसलाई अमेरिकामा एन्टि बेबी पिल्स भनिन्थ्यो ।

– यदि कुनै महिलाले नियमित रूपमा यी चक्की खाइरहेकी छिन् भने गर्भवती हुने सम्भावना १ प्रतिशत मात्रै हुन्छ । यस्तै, महिलाले महिनामा पाँचदेखि छ दिनसम्म यसलाई खान बिर्सेमा गर्भधारणको सम्भावना ९ प्रतिशतले बढ्छ ।

– स्थायी बन्ध्याकरणका लागि आइयूडी बनाउनमा सय वर्ष भन्दा बढी समय लाग्यो । यसका लागि वैज्ञानिकहरूले महिलाको गर्भमा रबर, गिलास र धातुका उपकरणहरू लगाएर अनुसन्धान गरेका थिए । यसलाई स्टेम पसरिज भनिन्छ ।

– पुरातन इजिप्टमा भेडाको आन्द्राबाट बनेको कन्डोमलाई गर्भनिरोधकको रूपमा प्रयोग गरिन्थ्यो ।

– १८५० ईसा पूर्व गर्भनिरोधकका लागि जनावरको मल प्रयोग गरिन्थ्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप