सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सङ्ग्रहालय अनुसन्धानको केन्द्र : मुख्यमन्त्री अधिकारी

शुक्रबार, ०५ फागुन २०७९, १५ : ४९
शुक्रबार, ०५ फागुन २०७९

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश सङ्ग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् ।

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदा स्थलका रूपमा विकास गर्नुपर्ने धारणा राखे । “यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने । अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे । रु एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप