शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीन : उच्च प्रोफाइल भएका अरबपति बैंकर बेपत्ता

शुक्रबार, ०५ फागुन २०७९, १६ : १९
शुक्रबार, ०५ फागुन २०७९

चीनको सबैभन्दा उच्च प्रोफाइल अरबपति बैंकरहरू मध्ये एक बेपत्ता भएका छन् । यो जानकारी उनको कम्पनीले दिएको हो । चाइना रेनेसा होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत बाओ फ्यान पछिल्लो केही दिनदेखि देखिएका छैनन् । 

बाओ चीनमा ठुलो सम्झौता ब्रोकर हुन् र उनका ग्राहकमा शीर्ष टेक कम्पनीहरू समावेश छन् । कम्पनीको यो घोषणाले आर्थिक र प्राविधिक क्षेत्रका दिग्गजमाथि बेइजिङको सम्भावित कारवाहीको चिन्तालाई पुनः बढाइदिएको छ । 

शुक्रवार, लगानी फर्मले आफ्ना शेयरधारकलाई बाओफानलाई सम्पर्क गर्न असमर्थ भएको जानकारी दियो । त्यसपछि कम्पनीको सेयरमा गिरावट आयो ।

कम्पनीका अनुसार बाओ बेपत्ता हुनुमा उनको व्यवसायसँग सम्बन्धित छ छैन भन्ने केही जानकारी छैन । 

बीबीसीले उनीबारे थप जानकारी माग्दा कम्पनीले उनी कहिलेदेखि हराइरहेको भन्ने केही पनि जानकारी दिए । तर स्रोतलाई उद्धृत गर्दै चिनियाँ बिजनेस न्युज वायर केक्सिनले कर्मचारीले दुई दिनदेखि उनीसँग सम्पर्क गर्न नसकिरहेको बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप