चीन : उच्च प्रोफाइल भएका अरबपति बैंकर बेपत्ता
चीनको सबैभन्दा उच्च प्रोफाइल अरबपति बैंकरहरू मध्ये एक बेपत्ता भएका छन् । यो जानकारी उनको कम्पनीले दिएको हो । चाइना रेनेसा होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत बाओ फ्यान पछिल्लो केही दिनदेखि देखिएका छैनन् ।
बाओ चीनमा ठुलो सम्झौता ब्रोकर हुन् र उनका ग्राहकमा शीर्ष टेक कम्पनीहरू समावेश छन् । कम्पनीको यो घोषणाले आर्थिक र प्राविधिक क्षेत्रका दिग्गजमाथि बेइजिङको सम्भावित कारवाहीको चिन्तालाई पुनः बढाइदिएको छ ।
शुक्रवार, लगानी फर्मले आफ्ना शेयरधारकलाई बाओफानलाई सम्पर्क गर्न असमर्थ भएको जानकारी दियो । त्यसपछि कम्पनीको सेयरमा गिरावट आयो ।
कम्पनीका अनुसार बाओ बेपत्ता हुनुमा उनको व्यवसायसँग सम्बन्धित छ छैन भन्ने केही जानकारी छैन ।
बीबीसीले उनीबारे थप जानकारी माग्दा कम्पनीले उनी कहिलेदेखि हराइरहेको भन्ने केही पनि जानकारी दिए । तर स्रोतलाई उद्धृत गर्दै चिनियाँ बिजनेस न्युज वायर केक्सिनले कर्मचारीले दुई दिनदेखि उनीसँग सम्पर्क गर्न नसकिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण