रातोपाटी समाचार प्रभाव : हेलो सरकारको ट्वीटर अपडेट हुन थाल्यो
काठमाडौं । लामो समयदेखि अपडेट नभएको हेलो सरकारको ट्वीटर सेवा शुक्रबारदेखि फेरि सुरु भएको छ। रातोपाटीले बिहीबार ‘कहाँ अड्कियो तारः हेलो सरकार ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
समाचारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ट्वीटरमा सरकार भ्रष्टाचार, अनियमिततालगायत धेरै गुनासा आउन थालेपछि ट्वीटर सेवा तत्काललाई बनाइएको उल्लेख थियो ।
तर, त्यसको २४ घण्टा बित्न नपाउँदै हेलो सरकारले ट्वीटर सेवा सुरु गरेको हो ।
हेलो सरकार डेक्सका उपसचिव छवि पाण्डेले प्राविधिक समस्या आएको दाबी गर्दै यसको समाधान भएसँगै शुक्रबारबाट ट्वीटर सञ्चालनमा आएको बताए। उनले भने, ‘अब ट्वीटरबाट सर्वसाधारणले दैनिक गुनासो गर्न पाउँछन् ।’
हेलो सरकारमा श्रम तथा रोजगार, फुटपाथ र जेब्राक्रस, टेलिकम, कर्मचारीमाथिको भेदभाव, खानेपानी, विद्युत्लगायत विभिन्न ११४ प्रकृतिका गुनासा आउने गरेका छन् । धेरै गुनासा आउने कार्यालयहरूमा राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रहरी प्रधान कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, यातायात व्यवस्था विभाग र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पर्छन् ।
आजको ट्वीटर अपडेटमा विभिन्न माध्यमबाट प्राप्त गुनासो अध्ययन तथा विश्लेषण गरी ५० वटा गुनासा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको उल्लेख छ । यस्तै ६९ वटा गुनासा समाधान भई फर्छ्यौट भएको ट्वीटरमार्फत जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण