गाँजा बेचेको वा सेवन गरेको पाइएमा कारबाही
काठमाडौँ । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको हो ।
सुरक्षा योजना अनुसार शुक्रबार साँझदेखि नै प्रहरी परिचालन गरिएको थियो । रिजालले भने–‘मन्दिर परिसरको कमान्ड सेन्टरमा शुक्रबारबाटै प्रहरी परिचालन गर्छौँ ।’थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् ।
शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । सो सुरक्षा चुनौतीलाई निस्तेज पार्ने गरी योजना बनाएको एसपी रिजालले जानकारी दिए । शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ । मन्दिरमा लाइन व्यवस्थापन, चोरी नियन्त्रण, गाँजा नियन्त्रण र हुलदङ्गा नियन्त्रणमा प्रहरीको मुख्य भूमिका हुने गर्छ ।
सुरक्षाका लागि ‘वाक थ्रु’ गेट र ‘डिटेक्टर’ प्रयोग गरिने भएको छ । पशुपति क्षेत्रमा ठाउँ ठाउँमा सिसिटिभी मार्फत मनिटर गरिने एसपी रिजालले बताए । त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । ‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसपी रिजालले रातोपाटीसँग भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौँ ।’
मेलापर्वमा हुनसक्ने घटना सम्बोधन गर्न प्रहरीले हेल्प डेस्क राखेको छ । बच्चा हराउने र भिडभाडमा बेहोस हुनेहरूलाई समयमै संशोधन गर्ने गरी सामुदायिक प्रहरीले काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण