अमेरिकापछि ताइवानमा भेटियो शङ्कास्पद चिनियाँ बेलुन
ताइवानले चीनबाट आएको ‘वेदर बेलुन’ को अवशेष फेला पारेको जनाएको छ । ताइवानको सेनाका अनुसार उसले बिहीबार बिहान ११ः०० बजे (नेपालमा ८ः१५) ताइवान नियन्त्रित डोंग्यिन टापुमा एउटा अज्ञात उडान वस्तु देखिएको थियो ।
पछि यो बेलुन सुटिङ रेन्ज नजिकै खस्यो । यसको अवशेष ताइवानमा फेला परेको छ । प्रारम्भिक अनुसन्धान पछि, ताइवानी सेनाले यी अवशेषहरू मौसम पत्ता लगाउने उपकरणको अंश भएको बताएको छ ।
ताइवानका रक्षामन्त्री चिउ कुओ–चेङले शुक्रबार अधिकारीहरूले दुर्घटनाग्रस्त बेलुनबारे छानबिन गर्ने र हड्बडीमा कुनै पनि निष्कर्षमा नजाने बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ रक्षा अधिकारी चेन यु–लिनले पहिलो पटक ताइवानका टापुहरूमा यस्तो बेलुनको अवशेष फेला परेको बताएका छन् ।
डोंग्यिन टापु नजिकै भेटिएको यो बेलुनको व्यास करिब एक मिटर थियो र यसमा चिनियाँ कम्पनीको नाम लेखिएको थियो ।
ताइयुआन रेडियो नम्बर १ फ्याक्ट्री कम्पनी लिमिटेड नामको यो कम्पनी चीनको ताइयुआन शहरमा अवस्थित छ । चीनको प्रमुख औद्योगिक स्थलमा पर्ने यो शहर शाङक्सी प्रान्तको राजधानी पनि हो ।
पछिल्ला केही दिनदेखि चीन र अमेरिकाबीच यस्तै नै बेलुनको विषयमा तनाव चलिरहेको छ । यसको सुरुवात यसै महिना त्यतिबेला भएको थियो जब चीनको एक बेलुन अमेरिकाको आकाशमा देखिएको थियो ।
अमेरिकाले यसलाई चीनको तर्फबाट पठाएको एक जासुसी बेलुन बताएको छ ।
यद्यपि, चीनले यसलाई आफ्नो स्वीकार्दै यसलाई एक ‘वेदर बेलुन’ बताएको छ । यसले मौसमको अध्ययन गर्ने चीनले बताएको छ । चीनका अनुसार यो बाटो बिराएर अमेरिकाको आकाशमा पुगेको हो ।
अमेरिकाले दक्षिण क्यारोलिनाको समुद्रामाथि एक लडाकू विमान मार्फत् यसलाई खसाल्यो । चीनले यसमा कडा अपात्ति जताएको थियो । पछि क्यानडामा अमेरिकाको आकाशमा यस्तै केही अज्ञात चीन देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण