शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले स्वरालाई कुनै समय बी–ग्रेड अभिनेत्री भनेकी थिइन्, अहिले दिइन् विवाहको बधाई

शनिबार, ०६ फागुन २०७९, १२ : १५
शनिबार, ०६ फागुन २०७९

स्वरा भास्करले फेब्रुअरी १६ मा अदालती विवाहको तस्बिर पोस्ट गरेर सबैलाई चकित पारेकी थिइन् । धेरै सेलिब्रेटीहरूले उनलाई विवाहको लागि शुभकामना दिए, तर कंगना रनोटको बधाई सन्देशको सबैभन्दा बढी चर्चा भइरहेको छ । स्वरालाई बधाई दिँदै कंगनाले लेखेकी छिन्, ‘तिमीहरू दुवै निकै खुसी देखिएका छौ, त्यो भगवानको कृपा हो । विवाह हृदयभित्र हुन्छ, बाँकी सबै औपचारिकता मात्रै हुन् ।’

तर, पछिल्ला केही वर्षयता कंगना र स्वराबीच धेरै विवाद देखिएको छ । सन् २०२० मा ट्विटरमा बहसको क्रममा कंगनाले स्वरालाई बी ग्रेड अभिनेत्री भनेकी थिइन् । करण जोहरको समर्थन गरेकोमा कंगना स्वरामाथि आक्रोशित भएकी थिइन्

कंगना रनोटले सन् २०२१ मा एक अन्तरवार्तामा स्वरा र तापसी पन्नुमाथि टिप्पणी गरेकी थिइन् । उनले बाहिरका भए पनि करण जोहरलाई इम्प्रेस गर्न नातावादलाई सपोर्ट गर्ने तर फिल्ममा काम नपाएको बताएकी थिइन् ।

कंगनाको यो भनाइमा व्यङ्ग्य गर्दै स्वराले यस्तो कमेन्टलाई प्रशंसाका रूपमा लिने बताइन् ।

Capture1स्वराले भनिन् – हामी दुवै फ्र्याङ्क केटीहरू हौँ

सन् २०२२ मा म्यासेबल इन्डियासँगको एक अन्तरवार्तामा स्वराले आफ्नो र कंगनाबीच भएको बहस बारे कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म एक फ्र्याङ्क केटी हुँ, कंगना पनि फ्र्याङ्क केटी हुन् । त्यसैले हामीले एक–अर्काबारे कुरा गर्याँै । उनले आफ्नो धारणा व्यक्त गरिन् र मैले आफ्नो । ठिकै छ... यस्तो भइरहन्छ ।’

स्वराले विवाहको तस्बिर सेयर गरेर सबैलाई चकित पारिन्

स्वरा भास्करले फेब्रुअरी १६ मा अदालती विवाहको तस्बिर शेयर गरेर सबैलाई चकित पारेकी थिइन् । उनले समाजवादी पार्टीको युवा शाखा समाजवादी युवा सभाका महाराष्ट्र राज्य अध्यक्ष फहाद अहमदसँग विवाह गरेकी हुन् ।

स्वराले जनवरी ६ मा बिहे गरेकी थिइन् तर यसको औपचारिक घोषणा हालै मात्र गरिन् । उनले सामाजिक सञ्जालमा २ मिनेट ५ सेकेण्डको भिडियो पोस्टसमेत गरेकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप