शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति एमालेबाटै बन्छ : योगेश भट्टराई

‘अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लाग्छौं’
शनिबार, ०६ फागुन २०७९, १३ : १२
शनिबार, ०६ फागुन २०७९

सुर्खेत। नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नभएर आफ्नै कारणले टुटेको बताएका छन् । प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उनले बताए । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए ।  उनले भने– ‘उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ।’  उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गरे ।

शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना  गरेको पत्रकार सम्मेलनमा उनले सहमतिकै आधारमा अघि बढ्ने बताए । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताए। त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ।

‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’ उनले भने, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउनेगरि अग्रसर हुने छ।’ उनले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताए । एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप