शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ढोकाको ताला फुटाएर १० तोला सुन र नगद चोरीे

शनिबार, ०६ फागुन २०७९, १८ : ००
शनिबार, ०६ फागुन २०७९

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ का विभिन्न स्थानमा चोरी भएको छ । गाउँपालिकाको धारु बस्ने हरि माया थापाको घरबाट ढोकाको ताला फुटाई १० तोला बराबरको सुनको विभिन्न गरगहना र नगद ६२ हजार रुपैयाँ चोरी भएको हो ।

त्यस्तै सोही ठाउँ बस्ने दिल माया परियार‌को घरबाट करिब आधा तोला बराबरको १ थान तिलहरी शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप