शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा लागु औषधसहित दुई जना पक्राउ

शनिबार, ०६ फागुन २०७९, २१ : १३
शनिबार, ०६ फागुन २०७९

जुम्ला । प्रहरीले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो उनीहरू जुम्लाको चन्दननाथ नगरपालिका ६ बसपार्कस्थित कर्णाली होटेलबाट पक्राउ परेका हुन् । 

 गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले चन्दननाथ - २ बस्ने २९ वर्षीय  तिलक भण्डारी र चन्दननाथ -१० बस्ने वर्ष  २२ वर्षीया प्रतीक्षा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।

उनीहरूको साथबाट ब्राउन सुगर  ४ ग्राम ८ सय ५० मिली ग्राम, मोबाइल थान २, नगद  २० हजार ५ सय १० रुपैयाँ  बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप