हात्तीपाइले रोगको जोखिममा महोत्तरी, ११ फाल्गुन देखि औषधि खुवाइने
महोत्तरी । पछिल्लो समय महोत्तरीमा हात्तीपाइलेको प्रकोप बढ्दै गएपछि घर(घरमा नै प्रतिरोधात्मक औषधी खुवाइने व्यवस्था गरिएको छ ।
११ फाल्गुन देखि २४ फाल्गुनसम्म स्वास्थ्यकर्मीहरू घर-घरमा नै पुगेर ३ वर्ष देखी माथिका सवैजनालाईउचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
उचेरिया ब्याङक्रफ्टी नामक परजीवी र क्युलेक्स जातको लामखुट्टेको टोकाइले सङ्क्रमण हुने यो रोगको कारण महोत्तरी उच्च जोखिममा छ । गत वर्षको एक तथ्याङ्क अनुसार १ हजार ५ सय जनामा सङ्क्रमण देखा परेको थियो ।
स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ । हात्तीपाइले रोगको धेरैजसो सङ्क्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।
कतिपयमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
विश्व कै तथ्याङ्कलाई हेर्ने हो भनेपनी सन २००० सम्म १२ करोड मानिसहरू सङ्क्रमित तथा ४ करोड मानिसहरू अङ्गभङ्ग भएका थिए । प्रतिरोधात्मक औषधीको सेवन गर्न थालेपछि हाल सङ्क्रमणको सङ्ख्या ७४ प्रतिशतले घटेर ५ करोड १४ लाख मात्र सङ्क्रमित छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण