सिटी रोकिँदा आर्सनललाई अग्रता
लण्डन । म्यानचेस्टर सिटी नटिङहम फरेस्टसँग बराबरी खेलेपछि आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा सिटी १–१ को बराबरीमा रोकिएसँगै सिटीले शीर्ष स्थानमा फर्किने अवसर गुमाएको हो ।
खेलको ४१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा क्रिस वुडले फरेस्टका लागि बराबरी गोल गरेका थिए ।
उता उपाधि होडमा रहेको आर्सनलले भने ६ गोलका थ्रिलरमा एस्टन भिल्लालाई ४–२ गोलले हरायो । दुई चाटी गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले भिल्लाई ४–२ गोलले हराउन सफल भयो ।
खेलको सुरुवातमा नै ओली वाटकिन्सले भिल्लालाई अग्रता दिलाएका थिए । १६ औँ मिनेटमा बुकायो साकाले खेल बराबरी गरे । ३१ औँ मिनेटमा फिलिपे काउटिन्होले पुनः भिल्लालाई अग्रता दिलाए ।
ओलेक्सान्डर जिन्चेन्कोले ६१ औँ मिनेटमा आर्सनललाई खेलमा फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा इन्जुरी समयमा भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता बनायो । लगत्तै ग्याब्रियल मार्टिनेलीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२३ खेलबाट ५४ अंकसहित आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ भने २४ खेलबाट ५२ अंक बटुल्दै सिटी दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण