आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी रोकिँदा आर्सनललाई अग्रता

आइतबार, ०७ फागुन २०७९, ०७ : ३०
आइतबार, ०७ फागुन २०७९

लण्डन । म्यानचेस्टर सिटी नटिङहम फरेस्टसँग बराबरी खेलेपछि आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा सिटी १–१ को बराबरीमा रोकिएसँगै सिटीले शीर्ष स्थानमा फर्किने अवसर गुमाएको हो ।

खेलको ४१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा क्रिस वुडले फरेस्टका लागि बराबरी गोल गरेका थिए ।

उता उपाधि होडमा रहेको आर्सनलले भने ६ गोलका थ्रिलरमा एस्टन भिल्लालाई ४–२ गोलले हरायो । दुई चाटी गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले भिल्लाई ४–२ गोलले हराउन सफल भयो । 

खेलको सुरुवातमा नै ओली वाटकिन्सले भिल्लालाई अग्रता दिलाएका थिए । १६ औँ मिनेटमा बुकायो साकाले खेल बराबरी गरे । ३१ औँ मिनेटमा फिलिपे काउटिन्होले पुनः भिल्लालाई अग्रता दिलाए ।

ओलेक्सान्डर जिन्चेन्कोले ६१ औँ मिनेटमा आर्सनललाई खेलमा फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा इन्जुरी समयमा भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनलले खेलमा अग्रता बनायो । लगत्तै ग्याब्रियल मार्टिनेलीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

२३ खेलबाट ५४ अंकसहित आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ भने २४ खेलबाट ५२ अंक बटुल्दै सिटी दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप