बार्सासँग दुरी घटाउँदै रियल
आइतबार, ०७ फागुन २०७९, ०७ : ३६
मड्रिड । ओसासुनालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी ५ अंकमा घटाएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोलले विजयी भएको हो ।
घाइते करिम बेन्जेमा बिना मैदानमा उत्रेको रियललाई ओसासुनाले निरन्तर दबाबमा राखेको थियो । तर, दोस्रो हाफमा फेडेरिको भालभर्डे र मार्को असेन्सियोले गोल गर्दै टोलीलाई जीत दिलाए ।
खेलको ७८ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा भालभर्डेले गोल गरे भने इन्जुरी समयमा अल्भारो रोड्रिग्वेजले असेन्सियोका लागि गोलको अवसर सिर्जना गरे ।
२२ खेलबाट ५१ अंक बटुल्दै रियल ला लिगाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको बार्साको २१ खेलबाट ५६ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण