सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाले पुनः गर्‍यो इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको परीक्षण

आइतबार, ०७ फागुन २०७९, ११ : ३४
आइतबार, ०७ फागुन २०७९

उत्तर कोरियाले पुनः एक पटक इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाले हतियारको विश्वसनीयता परीक्षा गर्नका लागि शनिवार एक इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) को परीक्षण गरेको जानकारी दिएको छ ।

सरकारी मिडियाले जारी गरेको बयानमा उक्त मिसाइल ६७ मिनेटमा ९०० किलोमिटरभन्दा बढी दुरी निश्चित गरेर जापानको सागरमा गएर खसेको जानकारी उल्लेख छ ।

उक्त परीक्षणमार्फत यो अमेरिका र दक्षिण कोरियाजस्ता दुस्मनसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उत्तर कोरियाले बताएको छ ।

मिसाइलको यो परीक्षण अर्को महिना हुने अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्धाभ्यासभन्दा अघि गरिएको हो ।

उत्तर कोरियाले शुक्रवार आयोजित एक परेडमा आफ्नो विशाल सैन्य शक्तिको प्रदर्शन गरेको थियो । यसमा एक दर्जनभन्दा अघि आइसीबीएम समावेश थिए ।

उत्तर कोरियाका अधिकारीले उत्तर कोरियामाथि हमला गर्ने तयारीका लागि गरिने कुनै पनि प्रयासको अप्रत्याशित रूपमा बलियो जवाफ दिने बताएका छन् । 

यस्तै देशका शासक किम जोङ–उनकी बहिनी किम यो–जोङले आइतबार कुनै पनि शत्रुतापूर्ण कारवाहीको ‘बलियो र कडा’ जवाफ दिइने बताएकी छिन् । 

उनले अमेरिकालाई उत्तर कोरियाको सरकारविरुद्धको ‘धम्की’ अन्त्य गर्न पनि आग्रह गरेकी छिन् । यद्यपि उनले उत्तर कोरियाको मिसाइलले दक्षिण कोरियाको राजधानी सियोललाई निशाना बनाउने दाबी गरिन् ।

japan pmजापानले के भन्यो ?

जापानी प्रधानमन्त्री फुमियो किशिदाले यो क्षेप्यास्त्र स्थानीय समय अनुसार साँझ ६.२७ बजे होक्काइडोको पश्चिममा जापानको विशेष आर्थिक क्षेत्र (इइजेड) मा खसेको बताएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले राजधानी टोकियोमा यो ५,७०० किलोमिटरको उचाइमा पुगेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप