उत्तर कोरियाले पुनः गर्यो इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको परीक्षण
उत्तर कोरियाले पुनः एक पटक इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाले हतियारको विश्वसनीयता परीक्षा गर्नका लागि शनिवार एक इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) को परीक्षण गरेको जानकारी दिएको छ ।
सरकारी मिडियाले जारी गरेको बयानमा उक्त मिसाइल ६७ मिनेटमा ९०० किलोमिटरभन्दा बढी दुरी निश्चित गरेर जापानको सागरमा गएर खसेको जानकारी उल्लेख छ ।
उक्त परीक्षणमार्फत यो अमेरिका र दक्षिण कोरियाजस्ता दुस्मनसँग प्रतिस्पर्धा गर्न सक्षम भएको उत्तर कोरियाले बताएको छ ।
मिसाइलको यो परीक्षण अर्को महिना हुने अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्धाभ्यासभन्दा अघि गरिएको हो ।
उत्तर कोरियाले शुक्रवार आयोजित एक परेडमा आफ्नो विशाल सैन्य शक्तिको प्रदर्शन गरेको थियो । यसमा एक दर्जनभन्दा अघि आइसीबीएम समावेश थिए ।
उत्तर कोरियाका अधिकारीले उत्तर कोरियामाथि हमला गर्ने तयारीका लागि गरिने कुनै पनि प्रयासको अप्रत्याशित रूपमा बलियो जवाफ दिने बताएका छन् ।
यस्तै देशका शासक किम जोङ–उनकी बहिनी किम यो–जोङले आइतबार कुनै पनि शत्रुतापूर्ण कारवाहीको ‘बलियो र कडा’ जवाफ दिइने बताएकी छिन् ।
उनले अमेरिकालाई उत्तर कोरियाको सरकारविरुद्धको ‘धम्की’ अन्त्य गर्न पनि आग्रह गरेकी छिन् । यद्यपि उनले उत्तर कोरियाको मिसाइलले दक्षिण कोरियाको राजधानी सियोललाई निशाना बनाउने दाबी गरिन् ।
जापानले के भन्यो ?
जापानी प्रधानमन्त्री फुमियो किशिदाले यो क्षेप्यास्त्र स्थानीय समय अनुसार साँझ ६.२७ बजे होक्काइडोको पश्चिममा जापानको विशेष आर्थिक क्षेत्र (इइजेड) मा खसेको बताएका छन् । जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले राजधानी टोकियोमा यो ५,७०० किलोमिटरको उचाइमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण