भन्सार छलिका कपडासहित पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा
आइतबार, ०७ फागुन २०७९, १३ : ३२
झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलेर ल्याएका कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार १४ लाख ८० हजार भन्दा बढी मूल्य बराबरको कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कमल गाउँपालिका ३ केर्खास्थित पूर्व पश्चिम राजमार्गमा मे १ ज २८०४ नम्बरको पिकअप भ्यान र त्यसका चालक जनक कर्मकारलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिइएको भ्यान, चालक र कपडा आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण