भन्सार छलिका कपडासहित पिकअप भ्यान र चालक प्रहरीको नियन्त्रणमा
आइतबार, ०७ फागुन २०७९, १३ : ३२

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलेर ल्याएका कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार १४ लाख ८० हजार भन्दा बढी मूल्य बराबरको कपडासहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कमल गाउँपालिका ३ केर्खास्थित पूर्व पश्चिम राजमार्गमा मे १ ज २८०४ नम्बरको पिकअप भ्यान र त्यसका चालक जनक कर्मकारलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिइएको भ्यान, चालक र कपडा आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?