एयर जजिराले गौतमबुद्ध विमानस्थलबाट पुनः उडान भर्ने
काठमाडौँ । मौसमलाई कारण देखाउँदै झण्डै २ महिनादेखि उडान रोकेको जजिरा एयरलाइन्सले पुनः गौतमबुद्ध विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने भएको छ ।
आगामी फागुन २५ गतेदेखि भैरहवा–कुँबेत नियमित उडान भर्नेगरी एयरलाइन्सले आइतबार गौतमबुद्ध विमानस्थललाई पत्र पठाएको हो ।
सातामा तीन दिन कुँबेत–नेपाल पुनः उडान भर्नेगरी एयरलाइन्सबाट पत्र पठाइएको गौतमबुद्ध विमानस्थलका महानिर्देशक गोविन्द दाहालले रातोपाटीलाई जानकारी दिए ।
गत जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले भैरहवा–कुँबेत नियमित उडान भर्दै आएको थियो । शुरुका दिनमा सातामा साथै दिन उडान भरिरहेको एयरलाइन्सले क्रमशः उडान संख्या घटाउँदै सातामा तीन दिन उडान भरिरहेको थियो ।
तर, गत पुस ६ गते अकस्मात मौसमलाई कारण देखाउँदै एयर जजिराले उडान रोकेको थियो । त्यसो त यसअघि नै पुस १ गते हिमालय एयरलाइन्सले समेत गौतमबुद्ध विमानस्थलबाट हुने आफ्नो सम्पूर्ण उडान रोकेको थियो ।
तर पछिल्लो समय गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गराउने उद्देश्यसहित सरकारी पहल जारी रहेपछि जजिरा एयलाइन्स उडान सुरु गर्न तयार भएको महानिर्देशक दाहालको भनाइ छ । यद्यपि, अन्य उडानहरुले भने कहिलेदेखि उडान सुरु गर्छन् यकिन नभएको उनले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण