बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

वैदेशिक रोजगारबाट फर्केका तीन हजार जनालाई पुनः एकीकरण कार्यक्रम

सोमबार, ०८ फागुन २०७९, ०५ : ५७
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको हो ।

बोर्डका  सूचना  अधिकारी  मैयाँ  कँडेलले  पहिलो  वर्ष  वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिए । उक्त  कार्यक्रम  सञ्चालनका  लागि  चालू  आर्थिक  वर्ष  २०७९/८०  मा  वैदेशिक  रोजगारीमा  बढी  गएका  १५६  वटा  स्थानीय  पालिकालाई  कार्यक्रमको  प्रस्ताव  पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपियाँ विनियोजन गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप