मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते
पेरिस । खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले फ्रिककबाट उत्कृष्ट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले सात गोलको थ्रिलरमा लिलमाथि रोमाञ्चक जीत हासिल गरेको छ । दुई गोलको अग्रता बनाएको पीएसजी २–३ ले पछि पर्न पुगेको थियो । तर, खेलको अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै टोली ४–३ गोलले विजयी बन्यो ।
खेलको ११ औँ मिनेटमा किलियान एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । तर, बाफोडे डियाकिटे, जोनाथन डेभिड र जोनाथन बाम्बाले गोल गर्दै खेलमा लिललाई अग्रता दिलाए । खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेलको ९५ औँ मिनेटमा २२ यार्ड टाढाबाट फ्रिकिक मार्फत नाटकीय गोल गर्दै टोलीलाई जीत दिलाए ।

खेलमा ब्राजिलियन फरवार्ड नेयमार घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । उनले यो सिजन लिगमा १३ गोल गर्नुका साथै १० वटा एसिस्ट गरेका छन् ।
जीतपछि २४ खेलबाट पीएसजी ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५२ अंक रहेको छ । ५० अंकसहित मोनाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण