मेस्सीको फ्रिकिकमा पीएसजी विजयी, नेयमार घाइते

पेरिस । खेलको इन्जुरी समयमा लियोनेल मेस्सीले फ्रिककबाट उत्कृष्ट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले सात गोलको थ्रिलरमा लिलमाथि रोमाञ्चक जीत हासिल गरेको छ । दुई गोलको अग्रता बनाएको पीएसजी २–३ ले पछि पर्न पुगेको थियो । तर, खेलको अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै टोली ४–३ गोलले विजयी बन्यो ।
खेलको ११ औँ मिनेटमा किलियान एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । १७ औँ मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । तर, बाफोडे डियाकिटे, जोनाथन डेभिड र जोनाथन बाम्बाले गोल गर्दै खेलमा लिललाई अग्रता दिलाए । खेलको ८७ औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै खेल बराबरी गरे । त्यसपछि खेलको ९५ औँ मिनेटमा २२ यार्ड टाढाबाट फ्रिकिक मार्फत नाटकीय गोल गर्दै टोलीलाई जीत दिलाए ।
खेलमा ब्राजिलियन फरवार्ड नेयमार घाइते हुँदै मैदान छाड्न बाध्य बनेका थिए । उनले यो सिजन लिगमा १३ गोल गर्नुका साथै १० वटा एसिस्ट गरेका छन् ।
जीतपछि २४ खेलबाट पीएसजी ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५२ अंक रहेको छ । ५० अंकसहित मोनाको तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ आईपीएलको नयाँ रिप्लेसमेन्ट नियममा ?
-
ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरू (फोटोफिचर)
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
-
कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु
-
२५ वर्षपछि नक्साल हिटीमा पानीको पुनः प्रवाह, के भन्छन् बालेन ?
-
सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो