लुम्बिनीका नवनियुक्त मन्त्री अहिरले लिए सपथ
बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आइतबार मन्त्री नियुक्त भएका भण्डारीले आज सपथ लिएका हुन् । मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका अहिरलाई आइतबार साँझ कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए ।
एक साताअघि कृषिमन्त्री बनेका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यस मध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालय दिने सहमति भएको थियो । सोही सहमतिअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।
त्यस्तै मुख्यमन्त्री गिरीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी खानेपानी मन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् । यसअघि माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदबहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री नियुक्त नभएसम्मका लागि आचार्यलाई उक्त जिम्मेवारी दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण