दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा जान रोक
काठमाडौं । बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा दुबई र कतार जान रोक लागेको छ । वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदका लागि जान रोक लगाएको हो ।
बाइक राईडर र ट्याक्सी ड्राईभरका रूपमा जाने धेरै जसो नेपाली श्रमिक विभिन्न समस्यामा परेको भन्दै विभागले पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको हो ।
विभागमा दिनहुँ जसो समस्यामा परेको भन्दै उजुरी तथा गुनासोहरू आउने गरेका छन् । उक्त काममा लागि गएका श्रमिकहरूले तोकिए बमोजिम न्यूनतम तलब समेत नपाउने गरेको गुनासो विभागमा आउने गरेको छ । त्यस्तै सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपर्ने अवस्था समेत रहेको छ । उनीहरूलाई सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनबारे जानकारी नहुँदा ट्राफिक कारबाहीमा पर्ने गरेका छ । जसले गर्दा उनीहरूले ठूलो रकम जरिवानाका लागि बुझाउनुपर्ने अवस्था छ ।
ट्राफिक नियमबारे जानकारी नहुँदा दुर्घटनामा समेत पर्ने गरेको भन्दै विभागले रोक लगाउने निर्णय गरेको हो । ती देशहरूमा रहेका नेपाली दूतावासले समेत ती पदहरूका लागि मागपत्र प्रमाणीकरण नगर्न अनुरोध भएको थियो ।
समस्याका गुनासा दिनहु आउने र दूतावासले समेत यी काममा लागि कामदार नपठाउन अनुरोध भएपछि विभागले पूर्व स्वीकृति नदिने निर्णय गरेको विभागमा सूचना अधिकारी तथा निर्देशक कृष्ण प्रसाद भुसालले बताए । यी मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मको लागि बाइक राईडर र ट्याक्सी ड्राईभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरिएको भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण