भूमिहीनहरू भन्छन्–काठमाडौँ महानगरपालिकाले थप पीडा दियाे

काठमाडौँ । भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् ।
विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैल्याएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन ।
काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका आफूहरुलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले झनै उठिबास लगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूहरुमाथि अन्याय नगर्न पनि काठमाडौँ महानगरपालिका र संघीय सरकारलाई आग्रह गरिन् । गरिबको पक्षमा सबै तहका सरकारले काम गर्नुपर्नेमा दुःख दिएको उनको दुखेसो थियो ।
यता, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त नवराज प्याकुरेलले भने भूमिहीनहरूको समस्या समाधानका लागि आफूहरू सम्बन्धित पक्षसँग सहकार्य गरेर अघि बढ्न लागि परेको दाबी गरे । उनले त्यसका लागि ठोस योजना ल्याउन स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराए । विकास आयुक्त प्याकुरेलले काठमाडौँ उपत्यका भित्र सामाजिक न्याय स्थापित हुने गरी पीडितहरूको माग सम्बोधन गराउने काममा आफूहरुले काम काम गरिरहेको पनि बताए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सबैको बस्न पाउने अधिकारलाई सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको पनि विकास आयुक्त प्याकुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय