शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दीक्षित विद्यार्थीको प्रधानमन्त्रीलाई प्रश्न: यो सर्टिफिकेट दराजमा लगेर थन्क्याउने हो ?

सोमबार, ०८ फागुन २०७९, २३ : ३६
सोमबार, ०८ फागुन २०७९

पोखरा । ‘पढिसकेपछि प्रश्नको उत्तर चाहिन्छ । सबैको प्रतिनिधित्व गरेर भन्छु । मेरो नाम आदर्श सुवेदी हो । चितवनस्थित रहेको अक्सफोड कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्टमा पढेर आज दीक्षित भएको प्रमाण पत्र लिँदैछु । तर, यहाँ गोल्ड मेडल पाए पनि घरमा दराजमा लगेर थन्काउने मात्र हो ?’ सोमबार पोखरा विश्वविद्यालयका कुलपति  तथा प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्डले बोलेर सक्ने बित्तिकै बोलेका ती युवाले प्रश्न गरे । 

ती युवा यतिमै रोकिएनन्, प्रधानमन्त्रीलाई तत्काल जवाफ दिन माग गरे । ‘मेरो प्रश्नको उत्तर दिएर जानुस् । भागेर कहाँ जानुहुन्छ ?’ आदर्शले भने । 

आदर्शले मञ्चमा रहेका प्रधानमन्त्रीसँग प्रश्न गर्दा केही विद्यार्थीहरू पनि उठेर उनलाई समर्थन गरे । विद्यार्थीहरूले भन्दै थिए, ‘प्रधानमन्त्रीज्यूले प्रश्नको उत्तर दिनैपर्छ ।’

आदर्श यतिमै रोकिएनन् । उनले थपे, ‘मेरो दाइले पनि पढेर गोल्ड मेडल पाउनुभयो । अहिले दराराजमा सर्टिफिकेट  थन्काएर बस्नुभएको छ ।’  विश्वविद्यालय र आफ्नो परिचय खुलाए पनि उनी ब्याचलर डिग्री हो कि मास्टर्स डिग्री खुलाएनन् । उनले आफू कुनै पनि राजनीतिक दलको विद्यार्थी भातृ सङ्गठनमा नभएको बताए । 

‘म पोखरा विश्वविद्यालयमा पढेर सर्टिफिकेट पाएर जाँदा १५ हजारको जागिर पाउँदिन । एउटा कुल्लीले पनि १५ हजार खान्छ । यहाँको कुलपति उपकुल पतिले ठुला गफ लगाएर हुन्छ ?, गोल्ड मेडलको एउटा लेपन दिँदैमा हुन्छ ?, भागेर मात्र उपलब्धि हुँदैन । म पढेको विश्वविद्यालयले गलत गरे कारबाही गरेर खारेज नै गर्नुस् हैन, भने पढाइ अनुसारको जागिर अनुसारको पारिश्रमिक खोइ ?’ आदर्शको प्रश्न थियो । आदर्शको प्रश्न सक्न नपाउँदै प्रधानमन्त्री प्रचण्ड काठमाडौँमा पार्टीको बैठक रहेकाले छिटो जानुपर्ने भन्दै कार्यक्रम स्थलबाट निस्के । उत्तर दिन चाहेनन् । यता, प्रधानमन्त्री प्रचण्डले उपकुलपतिको रूपमा भाषण गर्दै शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्ने बताए । प्रचण्डले भने, ‘विश्व बजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईँहरूबिच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु ।’

विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्त्वपूर्ण अभिभारा सरकारले लिएको उनको बताए । 

पोखरा विश्वविद्यालय स्थापना भएको २६ औँ वर्षमा भएको छ । ऐन २०५३ अन्तर्गत वि.सं. २०५४ सालमा यसको स्थापना भएको यो  विश्वविद्यालयबाट १७ वटा दीक्षान्तसम्म आइपुग्दा विभिन्न सङ्काय अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहमा गरी कुल ४८ हजार ९ सय ८ जना विद्यार्थीहरूले उपाधिप्राप्त गरिसकेका छन् । 

332449337_959532321877252_8012775728952874268_n

सोमबारको दीक्षान्तमा दीक्षित हुने विद्यार्थीहरूको ६ हजार ९ सय ९९ जना छन् ।  स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम अङ्क प्राप्त गर्ने विद्यार्थीले स्वर्णाङित कुलपति पदक तथा स्नातक तहका सम्पूर्ण कार्यक्रमहरूमा सबै भन्दा उच्चतम अप्राप्त गर्न विद्यार्थीले स्वर्णाद्रित उपकुलपति पदक पाएका छन् । दीक्षान्तमा डीन लिष्टको उपाधिमा विभिन्न विधाका ५०२ जना विद्यार्थीहरू पाए । 

विश्वविद्यालयमा हाल ४ वटा आङ्गिक महाविद्यालयमा १ सय ३३ जना स्थायी र ६५ जना करार गरी कुल १ सय ९८ जना शिक्षक तथा स्थायी १ सय ४६ जना, करार १३ जना र सेवा करार ३२ जना गरी कुल १ सय ९१ जना प्रशासनिक कर्मचारी कार्यरत छन् । यसका संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूमा कुल २, हजार ९ सय ३० जना शिक्षक तथा कुल एक हजार २ सय ६३ जना प्रशासनिक कर्मचारीहरू कार्यरत छन् । विश्वविद्यालयका ४ वटा सङ्कायहरू व्यवस्थापन सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, स्वास्थ्य विज्ञान सङ्काय र मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।  पोखरा विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह २०५८ माघ ७ गते भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप