दीपेन्द्रको ‘नाङ्गो गाउँ’मा साम्राज्ञीको इन्ट्री
काठमाडौँ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘नाङ्गो गाउँ’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता कर्मा शाक्य भित्रिएका छन् । निर्माण युनिटले फिल्म अभिनयको विषयमा दुबैसँग सोमबार सम्झौता गरेको छ ।
फिल्ममा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पूरा गरेको छ ।
आलोक शुक्लाको छायाङ्कन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ । मनिुस्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । काभ्रेमा छायाङ्कन हुने फिल्ममा हिमाल शर्माको लगानी छ ।
‘साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर भएपनि अहिले आएर संयोग निर्देशक लामाले बताए । लामाको निर्देशन रहने यो पाँचौँ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण