पूर्वमुख्यमन्त्री लालबाबु राउतले अझै फिर्ता गरेनन् गाडी, मोबाइल र ल्यापटप
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री फेरिएको करिब डेढ महिना पुग्न लागेको छ । तर, पूर्वमुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री रहँदा सुविधास्वरुप पाएका सामानहरू अझै फिर्ता गरेका छैनन् ।
पूर्वमुख्यमन्त्री लालबाबु राउतले एउटा स्कार्पियो गाडी अझै फिर्ता गरेका छैनन् । त्यस्तै उनले लिएको ५ थान मोबाइल र एक थान ल्यापटप पनि फिर्ता नगरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
सुविधा स्वरुप उपलब्ध गराएको सवारीबाहेक अरु थप सवारी सुविधा माग गर्न नपाइने व्यवस्था भए पनि राउतले आफ्नो कार्यकालमा विभिन्न गाडी लिएका थिए । तीमध्ये एउटा गाडी अझै फिर्ता नभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको हो ।
मुख्यमन्त्री कार्यालयका एकजना कर्मचारी भन्छन्, ‘उहाँले गाडीसहितका केही सामान अझै फिर्ता नगरेको जिन्सीको अभिलेखमा देखिन्छ ।’
ती सामान फिर्ता नभएकोबारे मुख्यमन्त्रीलाई पनि जानकारी गराइसकेको ती कर्मचारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण