‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने
मङ्गलबार, ०९ फागुन २०७९, १७ : १७

काठमाडौँ । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतबाट कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने जानकारी दिएका हुन् ।
जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यस्तै कलाकारमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहनेछन् । सुमन गिरी संयोजक रहने शोको निर्देशक दिनेश डिसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह