राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ को अध्यक्षमा रुद्र सुवेदी चयन
विराटनगर । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् ।
विराटनगरमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा नारायण राय यादव, ताराकिरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान, रत्न प्रसाद चौंलागाई चयन भएका छन् ।
यस्तै सचिवमा अम्बर राई, सहसचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन भएका छन् भने कोषाध्यक्षमा प्रकाश राई, सहकोषाध्यक्षमा राजिव बस्नेत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विन्देश्वर साह, रामप्रसाद मिश्र, दिपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बर कुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मिनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन भएका छन् । अन्य सदस्यहरूमा हिमाल दनुवार, डा.नागेन्द्र बहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देबेन्द्र चापागाईं, लेखराज मगर, रजनी याम्फु राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिता कुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुंगाला र अञ्जु चौधरी रहेका छन् ।
उक्त सम्मेलनको पूर्व उर्जा मन्त्री तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले उद्घाटन गरेकी थिइन् भने सम्मेलनमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका सचिव राम कार्की लगायतको सहभागिता थिए । सम्मेलनमा माओवादी केन्द्र निकटका १४ वटै जिल्लाका ३ सय ५० जना कर्मचारीहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण