विश्वकपमा नेपाललाई छनोट गरेर फर्कनेछौं : देव खनाल
काठमाडौँ । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले नेपाललाई विश्वकपमा छनोट गरेर ल्याउने सपना भएको बताएका छन् । नेपाल लामो समयसम्म पनि विश्वकप छनोट नभएका हुँदा यो पटक टिमको सम्भावना भएको बताए । नेपाल आर्यसीसी यू–१९ विश्वकप एसिया क्षेत्र डिभिजन १ को छनोटका लागि यूएई गएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन् । त्यस्तै नेपालले जगत टमाटाको प्रशिक्षकत्वमा खेल्नेछ ।
‘यसपटक नेपालको विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ । नेपाललाई यो सफलता दिलाउन सके मलाई पनि राष्ट्रिय टोलीमा आउने वातावरण खुल्नेछ । हाम्रो टिम अहिले सन्तुलित छ,’ खनालले भने । उनले नेपाली यू–१९ टोलीको कप्तानको जिम्मेवारी पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उक्त जिम्मेवारीलाई आफूले पूर्णतया राम्रो तरिकाले निभाउने कुरामा पनि विश्वस्त भएको बताए ।
‘टिमको महत्वपूर्ण जिम्मेवारी पाउँदा धेरै खुसी लागेको छ । यो जिम्मेवारीलाई म कुशलताका साथ निभाउनेछु । टिमको जिम्मेवारी नै मेरो हो,’ खनालले भने । नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण