खेलकुद
सन्दीपलाई विदेश लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र
बुधबार, १० फागुन २०७९, १३ : २१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई यूएई टुरमा लैजाना राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पत्र पठाएको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दाशले आफूहरुले राखेपमा व्यक्तिगत रुपमा सँगै पत्रमा पनि सन्दीपलाई विदेश लैजाने कुरामा पहल गरिदिन अग्रह गर्दै पत्र पठाएको बताए ।
‘हामीले राखेपमा सन्दीपलाई विदेश लैजानका लागि पत्राचार गरेका छौं । खेलकुदको मुख्य निकाय भनेको राखेप हो, अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्छ बाँकी कुरा अहिले खुलाउन मिल्दैन,’ दाशले रातोपाटीसँगको कुराकानीमा भने ।
नेपालले विश्वकप लिग २ अन्तर्गत यूएईमा त्रिकोणात्मक सिरिज खेल्दैछ । त्यसैका लागि सन्दीपले विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्चमा पनि निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?
-
एसियन थाई फुड्सले ४० करोड लगानीमा कपिलवस्तुमा खोल्यो चाउचाउ उद्योग
-
पाकिस्तानमा भारतको आक्रमणबारे चीनले के भन्यो ?
-
राष्ट्रपतिद्वारा बैंकिङ कसूर तथा सजाय ऐनसम्बन्धी विधेयक प्रमाणीकरण